प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे पक्षमा बाबुराम, मन्त्रिमण्डल विस्तारमा कार्यकारी स्वतन्त्र हुनुपर्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले देशमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचितलाई नै कार्यकारी प्रमुख बनाउनु पर्ने व्यवस्थाको माग गरेको छ ।

आइतबार पार्टीले एक कार्यक्रमका बीच सार्वजनिक गरेको घोषणा पत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुखको व्यवस्था गरिनु पर्ने माग गरेको हो ।

हाल नेपालमा देशको कार्यकारी संसदले निर्वाचित गर्ने प्रधानमन्त्री हुने व्यवस्था कायम छ । त्यस्तै, आलंकारिक राष्ट्रपति छन् । तर, नेसपाले भने कार्यकारीको अधिकार राष्ट्रपति र प्रदेश प्रमुखलाई दिइनु पर्ने र उनीहरु प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने माग गरेको हो ।

त्यस्तै, प्रत्यक्ष निर्वाचित हुने देशको कार्यकारी प्रमुखले सरकार गठन गर्दा विभिन्न क्षेत्रमा विज्ञ, अनुभवी तथा आवश्यक व्यक्तिलाई मन्त्री बनाउन सक्ने अधिकार उसैलाई दिनुपर्ने माग गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =