नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित २ नेता एमाले प्रवेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)की केन्द्रीय सदस्य एवं ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्व उपमेयर निर्मला थापा नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी ललितपुरबाट बुद्धिजीबी परिषद्का केन्द्रीय सदस्य अशोक थापा पनि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनीहरु एमालेमा प्रवेश गरेका हुन् । निर्वाचनको मुखमा सत्ता गठबन्धनमा रहेको एसका दुई नेता एमालेमा गएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =