निर्वाचनलाई प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यक्रममा जोड

सुर्खेत । कर्णालीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र पारिएको छ । प्रदेशका विभिन्न जिल्लास्थित निर्वाचन कार्यालहरू निर्वाचन पूर्वका काममा जुटेका छन्, भने दलहरूले निर्वाचन चिन्ह दिएसँगै राजनीतिक दलहरु मतदाता आफ्नो पक्षमा पार्न प्रयास थालेका छन् ।

निर्वाचन कार्यालयहरूले जनशक्ति व्यवस्थापन लगायतका काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । हाल मतदाता नामावलीको आन्तरिक तयारी, सामग्री र कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको अवलोकन र स्थानीय तहसँग समन्वय जनाएको छ । कर्णालीका सबै जिल्लामा सुरक्षा समितिमार्फत निर्वाचन केन्द्रको अवस्थाबारे स्थलगत अवलोकन गरिसकिएको निर्वाचन कार्यालयहरूले जनाएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयहरूले निर्वाचनको व्यवस्थापकीय कामहरू अघि बढाएको जनाइएको छ ।

दश वटै जिल्लास्थित निर्वाचन कार्यालयले मतदाता नामावलीको संशोधन, सरोकारवाला निकायसँग छलफल, निर्वाचनका लागि जनशक्ति तथा स्रोत–साधनको व्यवस्थापनका काम गरिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसले आयोग अहिले आन्तरिक तयारी, सामग्री र कर्मचारी व्यवस्थापन, मतदाता शिक्षा कार्यक्रमको तयारीमा जुटेको बताए ।

राजनीतिक दलले घरदैलो कार्यक्रम गर्दा बढी संख्यामा जमघट गराएका केहि घटना आएको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइए कार्वाही गर्ने उनको भनाई छ । निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार कर्णालीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर दश लाख ८ हजार ४ सय ३ जना मतदाता रहेका छन् ।

यस्तै, कर्णालीमा ९ सय ३३ वटा मतदान स्थल छन्, भने एक हजार ४ सय ३ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =