सीमा आभासलाई ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’

विराटनगर । विराटनगरका दुई श्रष्टा सम्मानित भएका छन् । मानव अधिकार तथा शान्ति समाजले साहित्यमा योगदान पु¥याउने श्रष्टा सम्मानित भएका हुन् ।

साहित्यकार सीमा आभास र मनु विश्वकर्मालाई पुरस्कृत गरेको हो । समाजले दुई दशकदेखि साहित्यमा सक्रिय सीमा आभासलाई २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र २० हजार राशिकै ‘श्रीनारायण दाहाल स्रष्टा सौगात’ मनु विश्वकर्मालाई समर्पण गरेको छ ।

विराटननगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कृत श्रष्टालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । समाजले काठमाडौंसहित विभिन्न स्थानमा कार्यक्रम गरेर १५ जना स्रष्टालाई पुरस्कृत गरेको छ ।

सोही अन्तर्गत समाजले सीमा र मनुलाई विराटनगरमा कार्यक्रम गरेर पुरस्कृत गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले भौतिक संरचनाको विकास सँगै भाषा, साहित्य र कलाको विकासलाई पनि प्राथमिकतामा राखेको चर्चा गरे ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =