गोप्यरुपमा भिडियो रेकर्ड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौं । लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गरेको आरोपमा प्रहरीले  एकजनालाई  पक्राउ गरेको छ । काठमाडौंको बाँसवारीस्थित, बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजको कोठामा  बस्न आउनेहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गरेको आरोपमा प्रहरीले चन्द्रागिरी न.पा. वडा नं. १५ घर भएका  ४२ बर्षिय  मुकेश माली यहि कार्तिक २ गते पक्राउ गरि जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट ५ दिनको  को म्याद थपी,  थप अनुसन्धानको लागी  प्रहरी बृत्त महाराजगञ्जको हिरासतमा राखेको छ ।

प्रहरीका अनुसार बाँसवारी रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत निजको मोबाइल फोनमा गेष्‍ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका मुकेश माली विरुद्व मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =