सामाजिक क्षेत्रबाट उदाएकी भगवती गच्छदारलाई हराउने दाउमा

विराटनगर । सामाजिक क्षेत्रमा उदाएकी महिला हुन् भगवती चौधरी । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह ईन्चार्ज हुन् ।

नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई त्यो क्षेत्रका नागरिकलले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने नेताको रुपमा चिन्ने गरेको स्थानीय चन्द्रप्रकाश चौधरी बताउँछन् र उनको नेतृत्वमा तीनलाख वढि महिला आत्मनिर्भर बनेका छन् ।

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीनलाख वढि महिला आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन् । आर्थिक अबस्था कमजोर रहेका बिपन्नलाई उद्यमी बनाउन प्रशिक्षण दिएर त्यसका आधारमा बिउपुँजी उपलब्ध गराउने गरिएको चौधरीले बताईन् ।

विशेषगरि महिलाको क्षेत्रमा मैले काम गर्दै आएको छु, उनले भनिने, मेरो जिल्ला सुनसरीमा मात्र हैन, देशका ४० बढी जिल्लामा त्यस्ता काम संस्था मार्फत गर्दै आएको छु । यी कामहरु फरवार्ड माइक्रोफाइनान्स मार्फत हुने गरेको उनकाृ भर्ना छ। यो माईक्रोफाईनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ ।

‘कुनै बेला एक सय नहुनेहरु अहिले फरवार्ड सँग जोडिएर करोडपति भएका छन्, उनी भन्छिन्, उद्यमी मात्र बनेका छैनन समूदायलाई सचेत बनाउने अभियानमा लागेका छन ।’

महिला स्वयं आत्मनिर्भर नबनेसम्म समाज परिवर्तन सम्भव छैन भन्ने मान्यता राखेर महिलालाई आय आर्जनमा सहभागी गराउन ११ जनाले तीन तीन सय उठाएर संस्था स्थापना गरेको अध्यक्ष चौधरीको भनाई छ ।

यसरी बने आत्मनिर्भर
संस्थाले सुरुमा गाँउ गाँउका महिलालाई बिभिन्न तालिम दिएर उत्प्रेरित गरेको थियो ।संस्थालाई युएसएडले ‘वोमन लिगल लिट्रेसी’ कार्यक्रम दिएको थियो एक वर्षका लागि । हरेक महिना मिटिङ हुन्थ्यो । लिगल लिट्रेसी कार्यक्रम सकिए लगत्तै संस्थाले बचत कसरी गर्ने ऋण कसरी दिने भनेर सिकायो । लेखा कसरी राख्ने लगायतका विषयमा छलफल भयो ।

जो तालिममा सहभागी थिए । उनीहरुलाई समुह समुहमा विभाजन गरेर बचत गर्न सिकाएको थियो । सुरुमा २ रुपैंयाबाट बचत गर्न सुरु भएको थियो । ‘विभिन्न समुहहरु बनाएका थियौं । कति बचत गर्ने भन्ने सामुहिक निर्णय गर्थे, चौधरी भन्छिन्, कुनै समुहले २ रुपैंया बचत गर्थे त कुनै समुहले पाँच रुपैंया, कुनै समुहले १० रुपैंया पनि बचत गर्थे ।’ बचत चलाउँदा पहिलो महिनामै २७ वटा समुह बनेको थियो । एउटा समुहमा २० देखी ५० जनासम्म थिए । हरेक महिना जम्मा भएको पैसा संस्थाले सोनापुरको राष्ट्रिय वाणिज्य बैंकमा लगेर राख्थ्यो ।

गच्छदार हराउने कसरत
स्थानीय चन्द्र प्रकाश भन्छन्, सामाजिक योगदान गरेकी चौधरी दिर्घकालिन योजना दिनसक्ने भिजन भएको नेता हो । जनप्रतिनिध नहुदै चौधरीको योगदान देखिन्छ भनेँ भोली निर्वाचित भएर गएपछि उहाँले समाज र राज्यको लागि धेरै काम गर्न सक्ने नेता भएको चन्द्रप्रकाश बताउँछन् । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी चौधरीलाई क्षेत्रनमा नराम्रो भन्ने एकदमै कम रहेको बर्जुका रामभरोस चौधरी बताउँछन् ।

सुनसरी ३ को विकास हुन नसक्नुको कारण भनेको निरन्तरको एउटै जनप्रतिनिधि र उनले विकासमा ध्यान नदिनु रहेको दुहबीका वेलाउद्दिन खान बताउँछन् । सँधै सत्तामा मात्र बस्ने तर नागरिक प्रति जवाफदेही नहुने ब्यक्तिकै कारण अहिले क्षेत्र नम्बर ३ को दुर्दशा भएको उनको भनाई छ। राम्रा नेतृत्व भईदिने हो भने धेरै काम हुन सक्ने उनको भनाई छ । यसअघि ३० औ बर्षदेखि सुनसरी ३ मा जितेर दर्जन वढि पटक मन्त्री भएका बिजय गच्छदारले अहिलेसम्म देखिने र स्मरण गर्ने खालको काम गर्न नसकेको वेलाउद्दिन बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =