नेपाललाई श्रीलंका हुनबाट जोगायौँ, संसद र संविधान जोगायौँ : देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल श्रीलंका हुनबाट जोगाएको बताएका छन् ।

सत्ता गठबन्धन दलको निर्वाचन परिचालन अभियानअन्तर्गत ललितपुरमा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले नेपाल महत्वपूर्ण मोडमा रहेको बताए । कोभिड र डेंगुको संक्रमणले देशमा संकटको अवस्था भइरहेको अवस्थामा आर्थिक रुपमा पनि समस्या देखिएको छ ।

विश्वव्यापी रुपमा आएका आर्थिक मन्दीका कारण नेपाल आर्थिक रुपमा असफल हुनबाट आफूहरुले जोगाएको बताएका छन् । नेपालमा धेरै विकास निर्माणको अवसरहरु समेत खुल्दै गएको उनले बताए । नेपाले उत्पादन गरेको बिजुली भारले किन्ने भएकोले नेपालको बिजुली बिक्रीबाटै पनि देश समृद्ध हुन सक्ने देखिएको उनले बताए ।

नेपाल अहिले संक्रमणकालिन अवस्थामा रहेकोले राजनीतिक समस्याहरु देखिएका उनले बताए । केपी ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर २ पटक संसद भङ्ग गर्ने कोसिस गरे पनि आफूहरुले बचाएको उनले बताए ।

आवधिक निर्वाचन गर्ने क्रममा अहिले स्थानीयपछि संसदको निर्वाचन हुन लागेको बताए । उनले आफूहरुको गठबन्दधन दलबाट देशलाई योगदान गरेका राम्रा उम्मेदवार भएकाले एक अर्का दलका सबैले एकअर्का दलका चुनाव चिन्नमा भोट हाल्न हिच्किचाउनु नहुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =