प्रमुख जिल्ला अधिकारीहरुलाई आयोगको निर्देशन : ‘आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनू’

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ।

सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिएका हुन्।

केन्द्रिय निर्वाचन आचारसंहीता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहीता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गरे।

उनले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पारे।

उनले आचारसंहीता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरुको भुमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताए। ‘प्रमुख जिल्ला अधिकारीज्यूहरुको टड्कारो भुमिका नदेखिँदाखेरी आचारसंहीता उल्लंघन नियन्त्रण गर्नलाई अलि कठिनाई भएको आयोगले महशुस गरेको छ,’ उनले भने, ‘यदी मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा पनि सहसंयोजक तपाईं प्रमुख जिल्ला अधिकारीज्यूहरु भएको नाताले उहाँहरु व्यस्त भएपनि त्यो क्षेत्राधिकार सम्पूर्ण प्रयोग गरेर त्यसलाई तत्काल नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीज्यूहरु सक्षम हुनुहुन्छ भन्ने आयोगले विश्वास र ठहर गरेको छ।’

आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सम्बन्धमा कानूनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे।

‘उनले भने, ‘अनुसन्धानात्मक प्रकृतिका कामहरु छन् भने अनुसन्धानको पाटोमा लिने । अनुगमनमा जाँदाखेरी कहीँ टड्कारो रुपमा उसले आचारसंहीता उल्लंघन गरेको सप्रमाण देखिन्छन् भने ती प्रमाणहरु संकलन गरेर कारबाही गर्न सक्नुहुन्छ। आचारसंहीतामा उल्लेख गरेका बाहेक कुनैपनि दलका कार्यक्रमहरु छन् भने ती कार्यक्रमहरुमा आचारसंहीता उल्लंघन भएको छ भने तत्काल नियन्त्रण गर्नलाई कुनैपनि कञ्जुस्याईं बाँकी नराख्नुस् ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =