प्रभु साहले सुरु गरे ‘स्वतन्त्र उम्मेदवार जिताऊँ’ अभियान

काठमाडौँ । नेकपा एमालेको टिकट अस्वीकार गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका रौतहट क्षेत्र नम्बर ३ का उम्मेदवार प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउँ अभियान सुरु गरेका छन् ।

आफूसहित मधेस प्रदेशका विभिन्न जिल्लामा आफूअन्तर्गतका नेतालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका नेता साह उक्त अभियानको संयोजक भएर नेतृत्व लिएका छन् । उनले अभियानअन्तर्गत मधेस प्रदेशका ८ वटै जिल्लामा जिल्ला संयोजकहरु समेत चयन गरेका छन् ।

उनको अभियानका लागि पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहतमा त्रिभूवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव, सप्तरीमा वसन्त मण्डल जिल्ला संयोजक तोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =