निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र ८ संस्थालाई आयोगबाट स्पष्टीकरण

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागु गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरी तथा प्राप्त जानकारी विषयमा पुष्पकमल दाहाल–अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जलन्धर सिंह जैसवार–नगरप्रमुख, पचरौता नगरपालिका, गोकुल वस्ती–अधिकृत सातौं, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, डा. चन्द्रकान्त राउत–अध्यक्ष जनमत पार्टी, अनन्तराज घिमिरे– अध्यक्ष हाम्रो नेपाल पार्टी, बद्री मैनाली–उम्मेदवार, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ नुवाकोटलाई आयोगबाट स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =