उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले दिएको रिटको सुनुवाइ स्थगित

काठमाडौँ । उम्मेदवारी खारेजीमा परेका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी कायम गराउन सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
उनले नेकपा एकीकृत समाजवादीको तर्फबाट दिएको उम्मेदवारी बैंकिङ कसुर मुद्दा खेपिरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो । उक्त उम्मेदवारी कायम गराउन उनले सर्वोच्चमा दिएको रितको सुनुवाइ शुक्रबारका लागि तोकिएको थियो ।
न्यायाधीश हरि फुयाँलको इजलासमा उनको मुद्दा सुनुवाइ हुने गरी पेशी तोकिएको भए पनि शुक्रबार भने स्थगित भएको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =