ओलीका असंवैधानिक कदमको विरोध गरेकाले टिकट पाइनँ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा बोलेकोले नै आफूलाई टिकट नदिइएको बताएका छन् । राष्ट्र र राष्ट्रियताको हितविपरीत ओलीले गरेका कामको विरोध गर्दै आफूले राष्ट्र र राष्ट्रियताको पक्ष लिएकोले नै टिकट नदिएको उनले बताएका छन् ।

पार्टीले टिकट वितरणमा गरेको भेदभावलगायतका विषयमा स्पष्ट पार्न बिहीबार पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

पार्टीमा अध्यक्षको स्वेच्छाचारिता मौलाएको समेत उनले बताए । अध्यक्षको स्वेच्छाचारिताको विरोध गरेकोले नै आफूले टिकट नपाएको उनले बताए । पार्टीको विभाजन रोक्न भएको १० बुँदे सहमति ओलीले पालना नगरेको र उक्त सहमति गर्नेलाई १० भाई भने चुनावको टिकटमा भेदभाव गरिएको उनले बताए ।

पार्टीमा रगत पसिना गएका इमानदार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाएर ओलीले अन्याय गरेको पनि उनले बताए । विगतमा एमालेलाई विरोध गर्ने, स्वयं ओलीलाई नै निशेध गर्नेहरुसँग पनि अहिले ओलीले तालमेल गरेको समेत उनले बताए ।

उनले आफूले कहिल्यै पनि एमाले पार्टी नछाड्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =