जनकपुरमा अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै परिवार आन्दोलित (भिडिओ)

जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित नैनी अस्पतालमा डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुने जनकपुरधाम १२ की अन्दाजी ३५ वर्षीय विद्यादेवी मण्डल रहेकी छन् । सुत्केरी व्यथा लागेपछि उनी भदौ २३ गते अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते नर्मल डेलेभरी पश्चात् उनले बच्चा जन्माइन् ।

तर रक्तस्राव नरोकिएको भन्दै अस्पतालले उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्दा करिब २४ घण्टामा २२/२३ पोका रगत चढाइएको परिवारले जनाएको छ ।  शल्यक्रिया सफल हुन नसकेपछि अस्पतालले अन्यत्र लैजान भनेको परिवारले जनाएको छ ।

त्यहाँ उपचार हुन नसकेपछि उनका श्रीमान् दिलीप मण्डलले काठमाडौं लगेको र भदौ २५ मा उनलाई काठमाडौंस्थित मोडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ पनि विद्यादेवीको स्वास्थ्यमा सुधार आएन ।

मोडिसिटी अस्पतालका डाक्टरले पनि उपचार सम्भव नहुने बताएपछि श्रीमती विद्यादेवीलाई लिएर दिलीप जनकपुरधाम फर्के । आज बिहान पुनः श्रीमतीलाई लिएर दिलीप नैना हस्पिटल पुगे । तर हस्पिटल प्रशासनले भर्ना लिन मानेनन्, करिब २-३ घण्टापछि आज उनको  भएको हो।

नवजात शिशु  भने  जीवित रहेको परिवारले बताएको छ । डाक्टरको लापरबाहीले उनको मृत्यु भएको भन्दै आफन्त र छिमेकी महिलाहरू अस्पतालमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । डाक्टर, नर्स र प्रशासनका कर्मचारीहरू भने सम्पर्कविहीन बनेका छन् ।

हस्पिटलको मुख्यद्वारमा सुरक्षाकर्मीले ताला लगाएर सुरक्षा दिइरहेका छन् । पीडित परिवारले स्थानीयको सहयोगमा न्याय माग्दै जनकपुरको रामानन्द चौकमा सडक नै अवरुद्ध गरेका छन् । अवैध हस्पिटलको बचाउमा प्रशासन लागेको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *