राष्ट्रपतिले संसदलाई डेढलक गर्नुभयोः गुरुङ

पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रणाली माथि आक्रमण गरेको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले आयोजना गरेको दशैंको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर प्रणाली धावा बोलेको आरोप लगाए ।

‘नागरिकता विधेयकको अन्तरबस्तुमा मतभेद हुन सक्छ । हाम्रो पनि मतभेद थियो । तर पनि विधि र प्रक्रियालाई फलो गर्नुको विकल्प छैन । संसदले पास गरेको विधेयक प्रमाणीकरण गर्नुपर्छ । संविधानले परिकल्पना गरेको कुरा फलो हुन सकेन,’ उनले भने, ‘यसले सिस्टममाथी च्यालेन्ज पैदा भएको छ । संसदले पारित गरेका विधेयक यही ढंगबाट अड्काउने प्रक्रिया सुरु भयो भने के हुन्छ ?’
संसदले पास गरेको विधेयक प्रमाणीकरण नगर्ने ‘पकेट भिटो’ राष्ट्रपतिलाई नभएको उनको तर्क छ ।

‘राष्ट्रपतिलाई पकेट भिटो हुन्छ भनेको छ । राष्ट्रपतिलाई कार्यकारी अधिकार छ भन्ने मुद्धा सर्वोच्चमा परेको थियो, त्यो खारेज भयो । व्यवस्थालाई उल्लंघन गर्ने अधिकार त कसैलाई पनि हुँदैन नि,’ उनले भने ।

माओवादी महासचिव गुरुङले राष्ट्रपतिको पछिल्लो कार्यले शक्ति पृथकीकरणको सिद्धान्त माथि पनि प्रश्न उठाएको बताए । संसदले पारित गरेका विषय राष्ट्रपतिले डेढलक गर्ने, प्रमाणीकरण नगर्ने नगर्दा व्यवस्थापिकाको औचित्य माथि प्रश्न खडा हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =