सिट भाग लगाउन फेरि जुट्दै शीर्ष नेता 

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्दैछ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले १० बजेपछि बस्ने बैठकमा गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँटमा सहमति खोज्न गठित कार्यदलका सदस्यहरू सहभागी रहनेछन् ।

नेताहरू समानुपातिक सूची तय गर्नका गठबन्धनको बैठक नै स्थगित गरेर व्यस्त बनेका थिए।समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएसँगै गठबन्धनका नेताहरू फेरि छलफलमा जुट्न लागेका हुन् । पटकपटक बैठक बस्दा पनि प्रत्यक्षतर्फका उम्मेदवार चुन्न सकेको छैन । आजसम्ममा बाँडफाँट सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *