‘कांग्रेसले आफैँ चुनाव गराउन नपाए सर्मनाक हार हुन्छ’
२०७९ भदौ २८ गते

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आफैँले निर्वाचन गराउन नपाए शर्मनाक हार हुने बताएका छन् ।
लोकतान्त्रिक तमु संघको सम्मेलनलाई सम्बोधन गर्न पोखरा पुगेका ओलीले अहिलेसम्म कांग्रेसबाहेक अरू दलले निर्वाचन गर्न नपाएको बताउँदै अरूले निर्वाचन गराए कांग्रेसको सर्मनाक हार हुने बताए ।
‘सरकारले लुट्न लगाउँछ, छिमेकमा मान्छे मारेर भोट जितेँ भनेर अवीर जात्रा गर्नु लज्जाजनक काम हो ।’ उनले भने, ‘स्याङ्जा चापाकोट लगायत ठाउँमा बुथ कब्जा गर्ने गरेको छ । २-४ जनाले मात्रै भोट हाल्छन् । अहिलेसम्म कांग्रेसबाहेक अरुले चुनाव गर्न पाएको छैन । कांग्रेसले आफैँ चुनाव नगराए पराजीत हुन्छ । सर्मनाक हार हुन्छ ।’
२०७९ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित









