सरकारी जग्गामा बनाइएकाे पेट्राेल पम्प ललितपुर महानगरले गरिदियाे बन्द

काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ ।

आइतबार महानगरको टोलीले केही संरचना हटाई तारजाली लगाएर पम्प बन्द गराएको हो । सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उनले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अव महानगर कडा रूपमा प्रस्तुत हुने बताए । उनले आफूले पहिलो कार्यकालको दोस्रो वर्षदेखि नै अवैध संरचना अटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन साहको कामको कुनै प्रभाव नपरेको जिकिर गरे ।

यसअघि महानगरले लगनखेलस्थित आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =