आरक्षण प्रणालीलाई खारेज हाेइन, अझै चुस्त पार्नुपर्छ : आदिवासी जनजाति आयोग

काठमाडाैँ । आदिवासी जनजाति आयोगले आरक्षण प्रणाली हट्न नहुने बताएकाे छ । आयाेगका प्रवक्ता टेकप्रसाद पुलामीले जनजातिमध्ये पनि अझै लोपोन्मुख, सीमान्तकृत जातिहरूको प्रतिनिधित्व हुन नपाएको भन्दै आरक्षण व्यवस्था तत्काल हटाइन नहुनेबारे स्पष्ट पारे । राउटे, माझी, चेपाङ, दनुवारजस्ता जातिलाई पनि समावेशीतामा ल्याउनुपर्ने बताउँदै उनले भनेका छन्, ‘यो अहिल्यै हट्न हुँदैन ।’

नेपाल सबै जातिहरूको साझा फूलबारी भएकाले ती लोपोन्मुख जातिलाई पनि सशक्तीकरण र आरक्षणको आवश्यकता रहेको उनले बताए । उनले यसलाई हटाउनुको साटो अझ प्रणालीगतरूपमा लानुपर्ने बताएका छन् । उनले बरु अझै व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘बरु यसलाई अझै मजबुत र चुस्त पारेर लानुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =