गण्डकीका पूर्व मुख्यमन्त्री गुरुङ लमजुङबाट प्रदेशसभामा सिफारिस
२०७९ भदौ १९ गते

पोखरा । नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । लमजुङ (ख) बाट उनको नाम पार्टीमा सिफारिस भएको हो ।
गुरुङको प्रतिनिधिसभामा चुनाव लड्ने चर्चा थियो । गुरुङले एमालेको गण्डकीमा बहुमत आउने बताएका छन् । त्यसो हुँदा उनी दोहोर्याएर मुख्यमन्त्री बन्ने सम्भावना रहन्छ ।
त्यसो त, पार्टी जीवनमा निकै ठूलो प्रतिस्पर्धी खगराज अधिकारी पनि प्रदेशसभामै नाम सिफारिस गरेका छन् । लमजुङको प्रतिनिधिसभामा एमालेले जमिन्द्रमान घलेको नाम सिफारिस गरेको छ । उनको नाम सर्वसम्मत भएको एमालेले जनाएको छ ।
२०७९ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित









