गण्डकीका सभामुख अधिकारी पर्वतबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । माओवादी केन्द्रले उनलाई प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको हो ।

यद्यपि अधिकारी सर्वसम्मत हुन सकेनन् । गुप्तबहादुर हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी र गंगा तिमिल्सिनाको नाम पनि प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएको छ ।

यसअघि प्रदेशसभा ‘क’ बाट विजयी उनी एमाले र माओवादी गठबन्धनबाट सभामुख बनेका थिए । माओवादीले पर्वत (क) मा सुदीप कुँवर, लोकराज आचार्य, लीला दवाडी, मीनराज केसी र विजय सापकोटाको नाम पठाएको छ । प्रदेशसभा ‘ख’ तर्फ सविन गुरुङ, उमाकान्त भुर्तेल, गगन थापा, ऋषिराम भुसाल र प्रेम रानाको नाम परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =