चितवन १ मा एमालेबाट सुरेन्द्र पाण्डे सिफारिस

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नेमा सिफारिस भएका छन् ।

एमाले क्षेत्रीय समन्वय कमिटीमा नेता पाण्डेले चितवन १ बाट प्रत्यक्षतर्फको उम्मेदवारको लागि आवेदन दिएका हुन्, तर उनी आवेदन दिनेमा एक्लो नेता बन्न सकेनन् ।

चितवन १ बाट चुनाव लड्न अर्का एमाले नेता जेएन थपलियाले पनि उम्मेदवारको लागि आवेदन दिएका छन् । नेता पाण्डे पूर्वअर्थमन्त्रीसमेत हुन् । थपलिया तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकार हुन् ।

नेता पाण्डेले चितवन १ बाट आफ्नो उम्मेदवारी स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । यस क्षेत्रबाट तेस्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पाण्डेले उम्मेदवारी दिएका हुन् ।

विसं २०७० र विसं २०७४ को निर्वाचनमा पाण्डे चितवन १ बाट निर्वाचित भएका थिए । एमाले एक नेताको अनुसार पाण्डेको तुलनामा नेता थपलिया धेरै जुनियर नेता मानिन्छन्, त्यसकारण एमालेबाट टिकट पाउने सम्भावना नेता सुरेन्द्र पाण्डेको नै छ ।

नेता पाण्डे पार्टीका उपाध्यक्षसमेत हुन् । चितवन १ मा दुई पटक निर्वाचित भइसकेका नेता भएकाले पनि सुरेन्द्र पाण्डेको सम्भावना बलियो भएको चितवनका नेताहरू बताउँछन् ।

चितवनका एक एमाले नेता भन्छन्, ‘सुरेन्द्र पाण्डे चितवन १ का जनताको मनमनमा बस्नुभएको छ, त्यसकारण सुरेन्द्र पाण्डेको विकल्प अहिले देखिएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =