पोखरामा खुकुरी हानेर श्रीमतीको हत्या, आफैँलाई पनि हाने खुकुरी
२०७९ भदौ १७ गते

प्रतिकात्मक तस्वीर
पोखरा । पोखरामा श्रीमानले श्रीमतीलाई खुकुरी हानेर हत्या गरेका छन् । पोखरा १४ छिनेडाँडामा लोक बहादुर गुरुङले विमलालाई खुकुरी हानेका हुन् ।
श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुरी हानेका उनको पनि अवस्था जटिल छ । उनको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञान बहादुर खड्काले जानकारी दिए ।
घरायसी विवादका कारण झगडा भएको र लोकले श्रीमतीलाई खुकुरीले हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
२०७९ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित









