पोखरा-बागलुङ सडकमा पहिरो, सडक अवरुद्ध
२०७९ भदौ १६ गते

पोखरा । पोखरादेखि बागलुङ जोड्ने सडक अवरुद्ध भएको छ । बुधबार साँझदेखि अविरल वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
पर्वतको कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार पनि पहिरोले सडक रोकिएको थियो ।
वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको मध्येपहाडी लोकमार्ग आयोजनाले जनाएको छ । सडक अवरुद्ध भएपछि पर्वतदेखि बागलुङ, म्याग्दी र मुस्ताङ कनेक्सन टुटेको छ । सवारी साधनहरू बाटोमै रोकिएका छन् ।
२०७९ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित









