लागूऔषधसहित पावर हाउसबाट ४ जना पक्राउ

पोखरा। पोखरामा गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ३० पावरहावस नजिकै चेकजाँच गर्ने क्रममा पोखरा आइरहेको गाडीमा सवार ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा १९ लामाचौर बस्ने २२ वर्षका अजय जिसी, अन्नपूर्ण गाउँपालिका घर भई पोखरा १६ दीप बस्ने २९ वर्षका मिलन गुरुङ, पोखरा १६ दीपकै ४० वर्षीय सन्तोष गुरुङ र गोरखा भीमसेन थापा गाउँपालिका घर भई चितवन बस्ने २५ वर्षका समीर कोइराला छन् ।

३ जनाबाट ७० एम्पुल डाइजापाम, ७० एम्पुल फेनरागन र ७० नुर्फिन सहित २ सय १० एम्पुल लागू औषध बरामद भएको छ । यस्तै, समिरको साथबाट १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल फेनरागन र १ सय एम्पुल डाइजापाम सहित ३ सय एम्पुल लागू औषध बरामत भएको प्रहरीले जनाएको छ । उनीहरूलाई १० दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =