हरितालिका तीजमा सार्वजनिक बिदा

दमौली । हरितालिका तीज पर्वको अवसरमा तनहुँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

व्यास नगरपालिका तथा नगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य सङ्घसंस्थामा भदौ ७ गतेको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि तीजको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थामा बिदा रहने जनाइएको छ ।

नगरप्रमुख कृष्णराज पण्डितले हरितालिका तीजको शुभकामना दिँदै सभ्य रुपमा तीज मनाउन आग्रह गरेका छन्। म्याग्दे गाउँपालिकाले पनि हरितालिका तीज पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =