काठमाडौंकै बाटोमा पोखरा : अण्डरग्राउण्ड हटाएर पार्किङका लागि खाली गर्न ३५ दिने अल्टिमेटम

पोखरा । काठमाडौं महानगरपालिकाले एक प्रयोजनका लागि नक्सा पास गरेर अर्को प्रयोजनमा अण्डरग्राउण्ड प्रयोग गरेपछि अहिले भत्काउने अभियान चलेको छ । पोखरा महानगरले पनि काठमाडौं जस्तै बेसमेण्टलाई पार्किङमा प्रयोग गर्नका लागि अल्टिमेटम दिएको छ ।

आज एक सूचना जारी गर्दै पार्किङ प्रयोजनका लागि नक्साको स्वीकृत लिएर बनाइएका भूमिगत तलासहितका भवनलाई पार्किङकै प्रयोजनका लागि प्रयोग गर्न आग्रह गरेको छ । महानगरले घर धनीहरूलाई ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङकै रूपमा प्रयोग गर्न निर्देशन दिएको हो ।

बेसमेण्टको अन्यत्र प्रयोग भए कानुन अनुसार कारबाही गरिने महानगरले जनाएको छ । काठमाडौंबाट बेसमेण्टमा व्यापार गर्न रोकेपछि पोखरामा जनदबाब बढेको थियो । मेयर धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउने उनले बताए । ‘सूचना जारी भइसक्यो । तोकिएको मितिभित्र हटाउनुपर्छ, नत्र महानगरले हटाउँछ,’ उनले भने ।

पोखरामा करिब २ सय ५० वटा अन्डरग्राउन्ड सहितका भवन छन् । त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन् । अरूले व्यवसाय गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =