एकीकृत समाजवादीले कास्कीबाट पठायो उम्मेदवारको नामावली

पोखरा । एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । कास्कीका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

शनिबार बसेको बैठकले प्रत्यक्ष र समानुपातिक दुवै उम्मेदवार सिफारिस गरेको एकीकृत समाजवादी कास्कीका सहसचिव पूर्ण लामाले बताए । प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा श्रीनाथ बरालको नाम सर्वसम्मत सिफारिस भएको छ ।

समानुपातिकमा चूडामणि जंगली, दिलकुमारी पन्त र जैनव खातुनको नाम पठाइएको छ । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा प्रत्यक्षतर्फ पुर्व सांसद तुलबहादुर गुरुङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाताराम आचार्य र शर्मिला पौडेल सिफारिस भएका छन् । क्षेत्र नम्बर ३ मा कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्यको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा १ (क)मा मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल सिफारिस भए । १ (ख)मा पूर्ण लामाको नाम सर्वसम्मत सिफारिस भएको छ । प्रदेशसभा २ (क) बाट झपिन्द्र राज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल सिफारिसमा परेका छन् ।

२ (ख) बाट रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, ढाकामोहन पराजुली, सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेलको नाम पठाइएको छ । क्षेत्र नम्बर ३ ९क० बाट दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असीम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमैको नाम सिफारिस भएको छ भने (ख)बाट होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, सङ्गीता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसीको नाम सिफारिस भएको छ ।

एकीकृत समाजवादीले कास्कीमा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभामा २ सिट दाबी गरेको छ । उक्त सिट नपाए गठबन्धन नहुने कास्की अध्यक्ष तथा पोखराका मेयर धनराज आचार्यले चेतावनी दिएका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 13 =