ठेकेदारको लापरबाहीले बालकको ज्यान गएको स्थानीयकाे आरोप, लामाचौरमा सडक अवरूद्ध

पोखरा । पोखराको लामाचौर जोड्ने सडकको नालामा गए राती एक बालकको मृत्यु भएको छ । पोखरा १९ का ११ वर्षीय बालक रवीन शर्माको ज्यान नालामा परेर गएको हो ।

ठेकेदारको लापरबाहीले बालकको ज्यान गएको आरोपमा स्थानीले सडक अवरोध गरेका छन् । उनीहरूले छिटो सडक निर्माण गर्न दबाब स्वरूप दीपमा सडक अवरोध गरेका हुन् ।

४ वर्षअघि सडक स्तरोन्नतिको योजना भए पनि काम अघि बढेको छैन । ठेकेदार कम्पनीको लापरबाहीकै कारण सडक नबनेको वडाध्यक्ष अमृत तिमिल्सीनाले बताए ।

‘ठेकेदार ठेक्का लिएर बेपत्ता छ । काम गरेजस्तो गर्छ तर समयमा हुँदैन,’ उनले भने, ‘यस क्षेत्रका नागरिकले धेरै सास्ती पाएका छन् ।’ दिउँसो ४ बजेदेखि अवरुद्ध सडक खुलाउन वडा प्रहरी कार्यालय बगरले पहल गरिरहेको छ ।

सडक विभागको टेण्डरमा उक्त सडक निर्माणको ठेक्का शिव शक्ति इन्फो प्रालिले पाएको थियो । अमेरिकन प्रविधि अस्फाल्ट कंक्रिटिङ गर्ने गरी सडक स्तरोन्नतिको ठेक्का लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =