एकैदिन ३,१९६ चालक कारबाहीमा, रक्सी खाएर चलाउने १८७ जना
२०७९ भदौ ९ गते

फाइल फाेटाे
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३,१९६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार कारबाहीमा पर्नेमा १९७ जना रक्सी खाएर चलाउनेहरू छन् ।
लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ हजार ६५५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको छ ।
२०७९ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








