सडक महोत्सवको तयारी शुरू

पोखरा । रेष्टुरेण्ट एण्ड वार एशोसिएसन (रेवान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २४ औं संस्करणको तयारी शुरू भएको छ ।

महोत्सवका लागि वसन्त गौतमको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा योगेश भट्टराई र वैभव पौडेल चयन भएका छन् । पुस १३ गतेदेखि १७ गतेसम्म लेकसाइडमा सडक महोत्सव आयोजना हुँदैछ ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने मिनी सडक महोत्सवको पनि तयारी शुरू भएको रेवानले जनाएको छ । महासचिव विकास भट्टराईको संयोजकत्वमा मिनी सडक महोत्सव तयारी समिति गठन गरिएको अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

विश्व पर्यटन दिवस असोज ११ गते परेको छ । रेवानले आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =