बाबुराम गोरखाबाट चुनाव लड्छन् ? प्रचण्डले भने- को कहाँबाट लड्ने टुंगो छैन

पोखरा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफू र आफ्नो पार्टीका उम्मेदवारहरू माओवादीको हँसिया हथौडाबाट चुनाव लड्न राजी भएका छन् । संयुक्त रूपमा निर्वाचन आयोगमा पार्टी समेत दर्ता भैसकेको अवस्थामा अब भट्टराईको निर्वाचन क्षेत्र कुन भन्ने प्रश्न अघि आएको छ ।

धेरैले भट्टराईलाई गोरखा २ बाट चुनाव जित्नका लागि माओवादीको चिन्ह रोजेको बताएका छन् । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा भट्टराईको निर्वाचन क्षेत्र टुंगो नलागेको बताए ।

नेपाल जेसिजको क्षेत्र ख सम्मेलन उद्घाटन गर्न गोरखा पुगेका प्रचण्डले को कहाँबाट चुनाव लड्ने भन्ने टुंगो नलागेको बताए । ‘को कहाँबाट उठ्ने भन्ने विषय अहिले टुङ्ग्याइएको छैन । तर बाबुराम जी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौँ,’ उनले भने, ‘गोरखाका लागि यो महत्त्वको कुरा हो ।’ भट्टराईसँग पार्टी एकीकरण पनि चुनावअघि नहुने उनको भनाई छ ।

तर एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि छलफल अघि बढिसकेको प्रचण्डले बताए । उनले गोरखाका जनताले माओवादीलाई चुनाव जिताएर परिवर्तनको बाहकको रूपमा पुनः एक पटक पुष्टि गरेको बताएका छन् ।

‘संघीय लोकतान्त्रिक शासनको सुरुआत गोरखाबाट र म बाट नै भएको हो । स्थानीय निर्वाचनमा गोरखामा परिवर्तनका बाहक पार्टीलाई जिताउन उत्साह देखाए । म जहाँ गएपनि गोरखा भनेर उदाहरण दिने गरेका छन् । सबैलाई बधाई छ । देशको राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान दिन सकोस्,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =