अर्थमन्त्रीको बैंक तथा वित्तीय सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त
२०७९ भदौ १ गते

काठमाडौँ । अर्थमन्त्रीको बैंक तथा वित्तीय सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेका पोखरेलले राष्ट्र बैंकबाट तलब लिने गरी विज्ञ सल्लाहकारमा नियुक्त भएका हुन् ।
अर्थमन्त्रालयले नै उनलाई काजमा मन्त्रालय पठाइदिन पत्राचार गरेपछि उनलाई विज्ञ सल्लाहकारको रुपमा मन्त्रालय पठाइएको हो ।
२०७९ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित









