स्पेनका लागि नेपाली राजदूतसँग हस्तकलाका वस्तुको प्रवर्द्धनबारे छलफल

काठमडौँ । स्पेनमा नेपाली हस्तकला वस्तुको प्रवद्र्धन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्पेनका लागि नेपालकी नवनियुक्त राजदूत डा. शर्मिला पराजुली ढकाललाई स्वागट गर्दै नेपाल हस्तकला महासंघले छलफल गरेको हो ।

कार्यक्रममा राजदूत ढकाललाई महासंघमा स्वागत गर्दैै महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्र रोजगारी सिर्जनासँगै विदेशी मुद्रा भित्र्याउने देशको निर्यातमूलक उद्योग व्यवसाय भएको बताए ।

गत आव २०७८/०७९ मा ४ अर्बभन्दा बढीको हस्तकलाका वस्तुको निर्यात भएको निर्यात भएको र सोही परिमाणमा आन्तरिक बजारमा कारोवार भएको उनले बताए ।

त्यस्तै, हस्तकला क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष गरी करिब ८ लाख व्यक्तिलाई रोजगारी प्रदान गरेको, यस हस्तकला क्षेत्रले देशको कला र संस्कृतिलाई विश्वसामु परिचित गराएको, स्पेनमा नेपाली हस्तकला वस्तुमध्ये फेल्ट, धातुका वस्तु तथा पश्मिनाका वस्तु निकासी भएको जानकारी गराए । साथै स्पेनमा नेपाली हस्तकला वस्तुको बजार प्रवर्द्धन गर्न नेपाल एकदेशीय मेला, क्रेताबिक्रेता वैठक र स्पेनमा नियमित रुपमा हुने व्यापार मेला प्रदर्शनीमा नेपाली हस्तकला उद्यमी व्यवसायीको सहभागिताका लागि आवश्यक सहयोग गरिदिन पनि राजदूत समक्ष आग्रह गरेका छन् ।

महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले स्पेनमा नेपाल डेको रुपमा हस्तकला प्रदर्शनी आजोजना गर्नुपर्ने बताए ।

स्पेनमा रहेका निकासीकर्ता तथा व्यापारीबारे सूचना राजदूतावासबाट प्राप्त भएमा महासंघले सिधै सम्पर्क गर्न सक्ने रस्पेनमा हस्तकलाका वस्तुको प्रवद्र्धन गर्न सकिने जानकारी गराए । साथै उनले स्पेनमा नेपाली हस्तकलाको राम्रो माग र बजार भएको जानकारी गराउँदै आउने दिनमा राजदूतावासबाट उपयुक्त स्थान र हस्तकला सम्बन्धमा त्यहाँ राम्रो प्रचार प्रसारको व्यवस्थापन गरिदिए मेलाको आयोजना र नेपाली कलाकारबाट कलाकृति उत्पादनसम्बन्धी जीवन्त कला प्रदर्शनीको माध्यमबाट त्यहाँ नेपाली हस्तकला र पर्यटन उद्योगको प्रबर्द्धन गर्न सकिने सम्भावना रहेको बताए ।

यस क्रममा निकासीकर्ता डा. गोविन्द टन्डनले राजदूत भएर कुनै देशमा गइसकेपछि के गर्ने भन्ने निश्चित गर्नुपर्ने बताउँदै स्पेनमा नेपाली हस्तकलालगायतका वस्तुको प्रबद्र्धन तथा निकासी अभिवृद्धिका लागि दूतावास परिसरमा प्रदर्शनी कक्षको व्यवस्था गर्नुपर्ने, नेपाल प्याभिलियनको निर्माण, नेपाली निर्यातकर्ता एवं तहाँका व्यवसायीबीच भेटवार्ताको वातावरण बनाई बी टु बी कार्यक्रम गर्नुपर्ने विचार बताए ।

यसैगरी निकासीकर्ता सुनिता श्रेष्ठले महिला दिदिबहिनीबाट स्तरीय फेल्टजन्य वस्तु, सुर्तिजन्य वस्तु उत्पादन गर्दै आएको बताउँदै नेपाली वस्तुबारे राम्ररी जानकारी लिएर जानुपर्ने विचार राखिन् ।

महासंघका उपाध्यक्ष दिपेन्द्र शाक्यले शुरुमा त्यहाँका चेम्बर, व्यवसायिक संघ संस्था र व्यापारीको सम्पर्क ठेगानासहित तथ्य विवरण सूची पठाउन अनुरोध गरे । कार्यक्रममा उपस्थित महासंघका कार्यसमिति सदस्यहरुले पनि आ आप्mना सुझाव प्रस्तुत गरे ।

छलफलको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं प्रतिष्ठित व्यवसायी चण्डिराज ढकालले यूरोपलगायत विश्व बजारमा नेपालको चिनारी गराउने वस्तुमध्ये हस्तकला पहत्वपूर्ण रहेको बताए । हाल यो क्षेत्रमा धेरै युवा नयाँ अवधारणासहित लागि परेको अवस्थामा नेपालको प्रतिनिधत्व गर्ने स्पेनस्थित राजदूतावासबाट हस्तकलाको बजार प्रबर्द्धनमुखी विशेष कार्यक्रम गनुपर्ने बताउँदै आफ्नाे व्यवसायिक अनुभव प्रस्तुत गरे ।

कार्यक्रममा राजदूत ढकालले आपूm यसअघि ओमानका लागि नेपाली राजदूतमा नियुक्ति भई काम गरिसकेको अनुभव सुनाउँदै स्पेनमा नेपालको मौलिक कला, संस्कृति, सम्पदा, पहिचानबारे व्यापक प्रचार गर्न सक्दो लागि पर्ने र नेपाली हस्तकला लगायतका वस्तुहरुको बजार प्रबद्र्धनका लागि सम्भव भए सम्मको पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

सरकारले समेत जोड दिने व्यापारिक कूटनीतिमा केन्द्रित भई तहाँ पुग्नासाथ आफूले वर्ष दिनमा गर्न सकिने उपयुक्त कार्यक्रमको क्यालेण्डर बनाई अघि बढ्ने दृढता व्यक्त गरिन् । महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले राजदूतलाई उनको महत्वपूर्ण उपस्थितिका लागि आभार व्यक्त गरे ।

राजदूत ढकालले महासंघ परिसरमा प्रदर्शित चाँदीजन्य गरगहना, धातुकला, हाते कागजका सामान, प्राकृतिक रेशाजन्य वस्तु, फेल्टजन्य वस्तु, पोतेजन्य वस्तुलगायतका विविध हस्तकला वस्तुहरुको अवलोकन गरेकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =