मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल र भिभान्ता डेन्टलमा विशेष छुट
२०७९ साउन ३० गते

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहक हिमाल डेन्टल अस्पताल र काठमाडौँको कमलपोखरी स्थित भिभान्ता डेन्टल अस्पतालका विभिन्न सेवामा छुट पाउने भएका छन् ।
मुक्तिनाथ विकास बैंकले यी दुई अस्पतालको सेवा लिँदा आफ्ना भिसा तथा डेविड कार्डबाहक तथा मोबाइल बैंकिङका ग्राहकले सेवामा १५ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरेको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले देशभर विभिन्न ठाउँ (काठमाडौँ) भित्र धुम्बाराही, चावहिल, लगनखेल, साँखु, चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुनसरी, कैलाली, डडेलधुरामा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौँको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधामा विशेष छुट पाउने छन् ।
२०७९ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित









