प्रेस युनियनको राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेल र बास्तोलालाई

पोखरा । नेपाल प्रेस युनियनले स्थापना गरेको राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कार रमेश पौडेल र रवीन्द्र बास्तोलालाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिको बैठकले २०७७ को पुरस्कार पौडेल र २०७९ को पुरस्कार बास्तोलालाई प्रदान गर्ने निर्णय गरेको हो । पौडेल लामो समय पत्रकारिता गरेर हाल नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् भने बास्तोला विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् ।

पौडेल रेडियो वाराही पोखराको कार्यकारी निर्देशक छन् भने बास्तोला हिमदुत पत्रिकाको सम्पादक पनि हुन् ।

गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पङ्गेनी, बोधराज कार्की, विजय भण्डारी तथा प्रेस युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए । युनियनले १२ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर २०७२ सालदेखि हरेक २ वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ ।

उक्त पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मान पत्र छ । कोरोना महामारीका कारण रोकिएको २०७७ यसपालि संयुक्त रूपमा वितरण गर्न लागिएको सचिव प्रदीप पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =