मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एक महिलाको मृत्यु 

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । रत्न राजमार्ग अन्तर्गत बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१०, घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *