गण्डकी सरकारले प्रदेशभित्र ६ स्थानमा गाडी चार्ज गर्ने स्टेसन बनाउने

पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न ६ ठाउँमा गाडी चार्ज गर्न स्टेसन बनाउने भएको छ । विद्युतीय गाडीमा जोड दिनका लागि सरकारले बजेटबाटै चार्जिङ स्टेसन निर्माणको कार्यक्रम ल्याएको हो ।

पहिलो चरणमा पर्वत, वालिङ, पोखरा, डुम्रे, आँबुखैरेनी र कावासोतीमा स्टेसन राखिने ऊर्जा मन्त्री हरिशरण आचार्यले जानकारी दिए । यसका लागि सरकारले चालू वर्षमै खर्च हुने गरी १ करोड विनियोजन गरेको छ ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त बजेट कार्यान्वयन गर्ने दाबी गरेपनि अहिले ऊर्जा मन्त्रालयकै मातहत राखिएको छ । ‘भौतिकले कार्यान्वयन गर्नै सक्दैन । उसँग ऊर्जा विज्ञ छैनन्,’ आचार्यले भने, ‘हाम्रो मन्त्रालयको कर्मचारी कामविहीन हुने, उता नयाँ कर्मचारी खोजेर योजना कार्यान्वयन गर्ने कुरा राम्रो हुँदैन ।’ पहिले बजेट कसले चलाउने भन्ने विवाद चरम उत्कर्षमा पुगेको थियो ।

प्रदेश सरकारले यसअघि पनि नमुनाका रूपमा विभिन्न ठाउँ र होटेलहरूमा चार्जिङ स्टेसन बनाएको छ । तर विद्युतीय गाडी सरकारले अपेक्षा गरे अनुसार भित्रिएको छैन ।

बनिसकेका स्टेसन समेत खासै प्रयोगमा नआएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =