पोखरा महानगरले अपाङ्गता भएकालाई गाडी दियो

पोखरा । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न मिल्ने गाडी हस्तान्तरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरू पनि सहज रूपमा समुदायसँग घुलमिल हुन सहज गराउने र उनीहरूको आवाज सुन्न सार्वजनिक कार्यक्रमहरूमा उपस्थित गराउनका लागि गाडी दिइएको हो ।

स्वावलम्बन जीवनपद्धति केन्द्रलाई गाडी हस्तान्तरण गरेको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले केन्द्रका अध्यक्ष हेम गुरुङलाई गाडी हस्तान्तरण गरे । आचार्यले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको जीवन सरल बनाउन आफूहरू जिम्मेवार र गम्भीर रहेको बताए ।

अति र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका कारण महानगरको सहयोगप्रति धन्यवाद दिए । गाडीमा आवश्यकता अनुसार लिफ्ट जडान गरिने छ भने सिटको व्यवस्थापन सोही अनुसार मिलाइने छ । महानगरपालिकाले १८ सिट क्षमताको गाडी सहयोग गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =