पाकिस्तानका पूर्व राष्ट्रपति कोरोना भाइरसबाट सङ्क्रमित
मकालु खबर
२०७९ साउन १२ गते
इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले उनी सङ्क्रमित भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
विदेशमन्त्री जर्दारीका पिता र राष्ट्रियसभाका सांसदसमेत रहनु भएका भुट्टोले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । उनले कोरोना भाइरसविरुद्धका खोपको अतिरिक्त मात्रासमेत लगाइसकेका थिए ।
उनी अहिले एकान्तबासमा रहेकाले सामान्य कामहरु त्यहीँबाट गरिहेका छन् । ‘हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, उहाँको अवस्था अहिले सामान्य नै छ,’ विदेश मन्त्री जर्दारीले भने ।
मकालु खबर
२०७९ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित