प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना घटायो, कर यथावत्

पोखरा । चौतर्फी आलोचना र विरोधपछि गण्डकी सरकारले सवारी करमा लाग्ने जरिवाना घटाएपनि कर भने घटाएको छैन ।

एउटै गाडीमा बर्सेनि १० हजारभन्दा बढी कर बढाइएको छ । दुई पाङ्ग्रेदेखि हेभी इक्युपमेण्टसम्म करको दर भारी मात्रामा बढेको छ । जरिवाना भने २ सय प्रतिशतबाट २० प्रतिशतमा झारिएको छ ।

करको दर नघटाएपछि यातायात व्यवसायीहरूले विरोध गरेका छन् । ‘प्रदेश सरकार बाट करको सन्दर्भमा गरिएको टालटुले निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले भने, ‘आन्दोलन हुँदैछ । सबैलाई सहभागीताका लागि आह्वान गर्छौँ ।’

उनले तत्कालै बैठक बसेर यातायात व्यवस्था कार्यालय बन्द गर्दै सरकार विरुद्ध नागरिकलाई सडकबाट संघर्षको लागि आह्वान गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =