९ दिनमा ८४ अर्ब निक्षेप बाहिरियो, कर्जा रकम १७ अर्ब घट्यो

काठमाडौं । ९ दिनमा ८४ अर्ब निक्षेप बाहिरिएको छ । साउनको सुरुवाती ९ दिनमा वाणिज्य बैंकहरुबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैंकहरुबाट सो निक्षेप घटेको बताइएको छ । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ ।
त्यस्तै सो ९ दिनको अवधिमा कर्जा रकम १७ अर्ब घटेको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब कायम भएको थियो ।
२०७८ असार मसान्तदेखि ०७९ असार मसान्तसम्मको अवधिमा कर्जा ३७ खर्ब २१ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको थियो । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा साउन ९ गतेसम्म आउँदा ४१ खर्ब ५८ अर्बमा झरेको छ । समग्रमा गत आर्थिक वर्षमा निक्षेप ३ खर्ब ४० अर्ब थपिएको छ ।








