विरोधपछि पछि हट्यो गण्डकी सरकार, गाडीको बक्यौता कर र जरिवाना नलिने

पोखरा । गण्डकी प्रदेश सरकारले २ सय प्रतिशतसम्म गाडीमा जरिवाना लिन थालेको छ । तोकिएको मिति कटेपछि सरकारले २ सय प्रतिशत अर्थात् करको दोब्बर जरिवाना लिन थालेको थियो ।

सरकारले लिएको कर र जरिवानाको चौतर्फी विरोधपछि उक्त निर्णयबाट पछि हटेको छ । तत्कालका लागि अघिल्लो वर्षको कर बक्यौता र जरिवाना नलिने निर्णय भएको यातायात व्यवस्था कार्यालयले सूचना जारी गरी जानकारी दिएको छ ।

कार्यालय प्रमुख डिल्लीराम रिज्यालले मन्त्रालय र कार्यालयले कर र जरिवानाबारे थप छलफल गर्नुपर्ने भएकोले तत्काल संकलन स्थगित गरेको जानकारी दिए ।

‘विरोध भएपछि पुनरावलोकन गर्न लागेका हौं । सम्भव भएसम्म नागरिकलाई करको भार कम गर्छौं,’ उनले भने, ‘अहिले प्रदेशसभाबाटै पास भएको निर्णय अनुसार कर र जरिवाना संकलन गरेका हौं ।’  प्रदेश सरकारले एउटै गाडीमा वार्षिक १० हजारसम्म कर बढाएको छ भने जरिवाना २ सय प्रतिशत लिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =