गण्डकीमा बाबुरामको नयाँ पार्टी गठन, पुरानै समिति निरन्तर
२०७९ साउन १० गते

पोखरा । जनता समाजवादी पार्टीबाट कारबाहीमा परेका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ताको तयारी गर्दैछन् । पार्टी दर्ता अघिनै गण्डकी प्रदेशमा उनको पक्षका नेताहरूको नयाँ कमिटी गठन भएको हाे ।
यसअघि नयाँ शक्ति हुँदाकै बहुमत रहेको जसपा गण्डकीमा सोही समितिले निरन्तरता पाएको छ । समितिको अध्यक्षमा मोती रिजाल नै दोहोरिएका छन् भने उपाध्यक्षमा हेमबहादुर थापा, शम्भु खाती परियार, धनमाया लामा, नारायण भण्डारी र ईश्वरी थापा छन् ।
दिनेश पौडेल र शंकर कुँवर सचिव बने भने कोषाध्यक्षमा दुर्गा गुरुङ चयन भए । १ सय ५० सदस्यीय समितिमा हाल बाबुराम पक्षधर दुई तिहाइ रहेको उपाध्यक्ष हेमबहादुर थापाले बताए ।
याे पनि : ‘नेपाल समाजवादी पार्टी’काे अध्यक्ष बन्दै डा. बाबुराम भट्टराई
२०७९ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित









