सुनको मूल्य ९४ हजार ५ सय
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७९ साउन ८ गते
![सुनको मूल्य ९४ हजार ५ सय](https://www.makalukhabar.com/wp-content/uploads/2022/04/gold_silver-makalukhabar.jpg)
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको उक्त सुन आइतबार प्रतितोला रु ५०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९३ हजार ५०० थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित