थप ३ सय ९१ जनामा काेराेना संक्रमण, २ हजा २ सय ७६ आइसोलेसनमा
२०७९ साउन ४ गते

काठमाडौँ । नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परीक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण बुधवार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ र त्यस्तै थप ४६ संक्रमित निको भएका छन् ।
हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
२०७९ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








