हनी ट्र्यापमा पार्ने श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा हनी उपत्यकामा हनी ट्र्यापमा फसाउने गिराेह पक्राउ परेकाे छ ।

पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की रहेकाे उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

उनीहरूले बस्नेतमार्फत एक व्यवसायीलाई धम्की दिएर पैसा मागेकाे प्रहरीले जनाएकाे छ ।

पीडितको परिवार, आफन्त र साथीभाइलाई पनि सामाजिक सञ्जालमार्फत साथी बनाएर प्रहरी कहाँ निवेदन दिएको भन्दै उनीहरूले ठगी गर्ने कोशिश गरेको कोइरालाले बताए ।

उनीहरूले सामाजिक सञ्जालबाट पुरुषहरूलाई महिलामार्फत् खाजा खान बाेलाइ भेटघाट गरी भेटघाट पश्चात मुद्दा लाइदिने भन्दै धम्की दिने तथा माेलमाेलाइ र ब्याकमेल गर्ने, हैरानी दिने लगायतका कार्यहरू गरेकाे भनाइ प्रहरीकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =