बैंकको एटीएम मेसिन फुटाउन खोज्दा प्रहरीको फन्दामा
२०७९ साउन २ गते

पोखरा । पोखरामा एकजनाले बैंकको एटिएम मेसिन फुटाउन खोज्दा प्रहरी फन्दामा परेका छन् ।
पोखरा ८ न्युरोडमा रहेको एनआइसी एसिया बैंकको मेसिन फुटाउन खोजेको सिसिटीभी क्यामेराबाट देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रुकुम घर भई पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षका नरेश पुनमगर छन् ।
उनलाई कास्की प्रहरीको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
२०७९ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित









