भच्चेकमा जीप र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

पोखरा । गोरखाको भच्चेकमा जीप र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका ३ मा बा ०३ प ४८१५ नम्बरको मोटरसाईकल र ग १ ज ४८८६ नम्बरको बोलेरो जिप ठोकिएका हुन् ।

दुर्घटना अजीरकोट २ कि २३ वर्षीय मेलिना गुरुङको घटनास्थलमै मृत्यू भएको गोरखा प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक मनराज गुरुङ समान्य घाईते छन् ।

उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार गरिएको गोरखा प्रहरीका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =