गाउँपालिकाले करार कर्मचारी हटाउने निर्णय गरेपछि कर्मचारी आन्दोलित

पोखरा । गोरखाको गण्डकी गाउँपालिकाले करारका कर्मचारीको नियुक्ति पत्र नवीकरण नगर्ने निर्णय गर्‍यो ।

कांग्रेसका जनप्रतिनिधिको नोट अफ डिसेन्टकाबिच पालिका अध्यक्षले बहुमतबाट उक्त निर्णय गराए । यहाँ अध्यक्ष माओवादीले जितेको हो भने उपाध्यक्ष कांग्रेसले जितेको हो । आज बस्ने भनिएको गाउँ सभाको तयारीका लागि बिहीबारको कार्यपालिका बैठक बसेको थियो ।

उक्त बैठकमा करार कर्मचारीको म्याद नथप्ने निर्णय गरियो । उपाध्यक्षसहित सभाका कांग्रेसतर्फका सदस्यहरूले विरोध गरे ।

जागिरबाट हटाइएका करार कर्मचारीहरूले पालिकाले प्रतिशोधपूर्ण रूपमा हटाउन लागेको आरोप लगाएका छन् । करार कर्मचारी मञ्चले विज्ञप्ति निकालेर उक्त निर्णयको भर्त्सना गरेका हुन् । कार्यपालिका बैठकले विद्यालय र ओभीओटीका कर्मचारी बाहेक अस्थायी, सेवा करार र ज्यालादारीका कर्मचारी हटाउने निर्णय गरेको थियो ।

स्वास्थ्य चौकी, वडा कार्यालय, आयुर्वेद लगायत कार्यालयमा ३१ वर्षअघिदेखि कार्यरत कर्मचारीलाई पालिकाले गलत मनसायबाट हटाउन लागेको आरोप अध्यक्ष रिम्क गुरुङले लगाए । उनीहरूले करार सम्झौता नवीकरणको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =