चितवनको रत्ननगरमा ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु
२०७९ असार २८ गते

चितवन । चितवनको रत्ननगर–७ सिसुवारमा ट्याक्टर र अटो एकापसमा ठाेक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
रत्ननगरको चित्रसारीबाट सौराहातर्फ आउँदै गरेको ना ४ त २७७४ नं को ट्याक्टर र सौराहाबाट चित्रसारीतर्फ जाँदै गरेको ना २ ह २२८५ नम्बरको अटो एक आपसमा ठक्कर खाएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार वर्ष ६६ की शोभनीकुमारी थरुनीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । अटोमा सवार रत्ननगर ५ बस्ने वर्ष ७० की बजही थारु र अटो चालक वर्ष ५० को जियान महतो घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








